एशिया कप : सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त
काठमाडौँ । एशिया कप अन्तर्गत सुपर चारको खेलमा आज भारत र पाकिस्तानबीच भिडन्त हुदैछ ।
खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि खेल हुदै छ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ । यस एशिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुदैछ । समुह चरणमा भएको खेल बर्षाले रद्ध भएपछि दुवैले अङकं बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि बर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन ।
‘रिजर्भ डे’ हुने
भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा बर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ दे हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ ।