ढुंगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु

कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कुसुम नायकका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म.१ प.८८३० नम्बरको मोटरसाईकल पछाडि सवार ऐरको शनिबार ढुंगा लागेर घाइते भएका थिए ।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेपनि आइतबार बिहान उनको मृत्यु भएको हो । मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *