भारत-क्यानडा विवाद- भारतले जारी गर्यो काउन्टर एडभाइजरी

काठमाडौँ । भारत र क्यानडाबीच कूटनीतिक विवाद बढ्दै गएको छ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतलाई आरोप लगाएपछि विवाद शुरु भएको थियो ।

यससँगै क्यानडा र भारतले एक पछि अर्को कदम चल्दै आएका छन् । यसअघि क्यानाडाले एक भारतीय उच्च कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । जवाफमा भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो भने यसपछि मंगलबार राति क्यानडा सरकारले जम्मू-कश्मीरको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान एडभाइजरी जारी गरेको जवाफमा भारतले पनि आफ्ना नागरिकलाई क्यानडा भ्रमणमा सावधानी अपनाउन एडभाइजरी जारी गरेको छ ।

भारतले जारी गरेको एडभाइजरीमा क्यानडामा भारतविरुद्धका गतिबिधि बढिरहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । साथै क्यानडामा अध्ययन गर्न गएका भारतीय विद्यार्थीहरुलाई भारतीय कन्सुलेटमा आफुलाई अनलाइन दर्ता गरेर सम्पर्कमा रहन निर्देशन दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *