संविधान दिवसको अवसरमा ओलीसँग शेल्फी खिच्दै नेताहरु

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले शेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधबार काठमाडौंस्थित नक्सालको नारायणचौरमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डासहित सेल्फी खिचिएको हो ।

हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष भने राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरी मनाइएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरू सहभागी भएका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको ८ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङ थिए ।

संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *