होस् गर अब राष्ट प्रेमि नेताहरुले

ए राष्ट प्रेमि नेता हो
अति भयो अब सोच्न त सोच
हेर जनता निरास भैसके
भएका कल कारखाना रित्यायौ
त्यसको पनि जवाफ देउ ।
राष्टको ढुकुटि सिध्याउन पछि परेनौ
हाम्रा अगाडि झगडा गरे झै गर्छौ
तर हामिले बुझेका रहेने छौ ।

हुदाँ हुदाँ नदेखिने रुपले
देशलाई चिरा चिरा पारेर खण्ड खण्ड मिलाएर
आफू आफू बाच्ने आधार गर्यौ ।
हामिलाई शंका छ
कतै यो मातृभुमिलाई
अर्कैको हातमा सुम्पन लागेका त हैनो ?
यदि हैनौ भने
युवालाई किन विदेश खाडि मुलुक पठाउँछौ
युवाजति विदेश जादाँ
रोजगारि धन्दाका लागि
नयाँ सोचले किन अगाडि बढेनौ
देश रित्तो हुन लागि सक्यो ।

धेरै पुस्ता होईन ८,१० पुस्तामा
युवा जति विदेश पलाएन हुन्छन ।
वृद्धाको मृत्यु हुनेछ अब आफै सोच र भन ?
कसरी नेपालको जन्म दर बढछ् त ?
त्यसैले छिटटै निराकरण होस् ।
बिना युवा देशमा भावि सोच के छ त ?
नेताले सहि दिशाका लागि
दिर्घकालिन सोचका विषयमा
जन्मदर बढाउने या गौरवशालि नेपाललाई
अन्यत्र मुलुकमा टस्साउने
सो विषयमा सोच्नु जरुर भै सक्यो ।
होसियार होउ राष्टका गौरवशालि नेता हो ।
किनकि अब यस्तै हो भने धर्ति माताले
तिमिहरुलाई मात्र हैन
तिम्रा भावि सन्तानलाई पनि
पक्कै श्राप दिन्छिन् । पक्कै श्राप दिन्छिन् ।
होस गर नेता हो होस् गर ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *