अमेरिकी राष्ट्रपति जो बाइडेनबीच प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भेटवार्ता भएको हो । महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले रात्रिभोजको आयोजना गरेका थिए । सो क्रममा प्रचण्ड–बाइडेन भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।