एनसेलद्वारा बागमती करिडोरमा वृक्षारोपण


काठमाडौं । काठमाडौं उपत्यकालाई हरियाली शहर बनाउने उदेश्यका साथ एनसेल आजियाटा लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा बागमती कोरिडोर सडकको दुवैतर्फ किनारामा वृक्षारोपण गरेको छ । ललितपुर महानगरपालिकासंँगको सहकार्यमा वडा नम्बर १ मा रहेको बागमती कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको एनसेलले जनाएको छ । यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुग्ने र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग हुने विश्वास कम्पनीको छ । शहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न यस कार्यले महत्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वास गरेको छ ।

एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपणको सुरुवात गरेका हुन् । ललितपुर महानगरपालिका–१ स्थित बागमती करिडोर सडकको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएको कम्पनीले बताएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए । वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शहरमा हरियाली प्रर्वद्घन र विकासका लागि यस पहलमा ललितपुर महानगरपाललिकासँग हातेमालो गर्न पाएकोमा खुसी लागेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *