ग्लोबल आईएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयनका लागि समझदारीपत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारकि डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालु पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *