सरकार र आन्दोलनरत शिक्षक महासंघबीचको बैठक अपरान्हसम्मका लागि स्थगित
काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको बैठक अपरान्हसम्मका लागि स्थगित भएको छ ।
गृह मन्त्रालयमा शुक्रबार आन्तरिक छलफलपछि सरकार पक्षले केही समय माग गरेर उक्त बैठक अपरान्ह सम्मका लागि स्थगित भएको हो ।
छलफलमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने शिक्षकको भनाइ छ ।
शिक्षकको तलबभत्ता र ग्रेड निजामती कर्मचारीको भन्दा कम हुने छैन भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने।
– अस्थायी प्रकृतिका शिक्षकलाई विगतका सहमतिका आधारमा स्थायी गर्नुपर्ने।
– विद्यालय कर्मचारीको दायीत्व संघीय सरकारले वहन गर्नुपर्ने।
– ECD शिक्षकलाई प्राथमिक तृतीय शिक्षक सरहको दरबन्दीमा लैजानुपर्ने, संघीय शिक्षा ऐन जारी हुनुभन्दा अगाडि नियुक्त भएका शिक्षकहरुको हकमा पुरानै प्रणाली अनुसार पेन्सन हुनुपर्ने।
आन्दोलनरत शिक्षहरुले विभिन्न माग राख्दै बुधबारदेखी काठमाडौंँमा आन्दोलन गर्दै आएका छन् । शिक्षकहरुलाई अन्य कर्मचारीको तुलनामा विभेद गरेको भन्दै शिक्षहरुले विभिन्न माग राख्दै आएका छन् ।
शिक्षकहरुले राखेका माग यस्ता छन :
– अस्थायी प्रकृतिका शिक्षक स्थायी भएमा पेन्सन प्रयोजनका लागि अस्थायी सेवाअवधि गणना हुनुपर्ने।
– एउटै श्रेणीमा लामो समय सेवा गरेका शिक्षकहरु बढुवा हुन नसक्ने विद्यमान कानुनलाई परिमार्जन गरेर आवधिक बढुवाको व्यवस्था हुनुपर्ने।
– प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट हुनुपर्ने।
– शिक्षक तालिमका लागि शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने।
– शिक्षक सरुवाको अधिकार स्थानीय तहमा दिन नहुने।
– सामुदायिक विद्यालयका शिक्षक दरबन्दी स्थानीय तहमा दिन नहुने।
– संस्थागत विद्यालयका शिक्षकको सेवा सुविधा सामुदायिक विद्यालयका शिक्षक सरह हुनुपर्ने।
– शिक्षक कर्मचारी माथि कारबाहीको अधिकार स्थानीय तहमा दिन नहुने।
– शिक्षकलाई दिदै आएको औषधि उपचारको थप रकममा कटौति गर्न नहुने।