कांग्रेस केन्द्रीय समिति बैठक : नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले आफूले पाएको सूचनाअनुसार ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै त्यस कार्यलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिनुपर्ने बताए । आइतबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै सरकारको विरोधसमेत गरे । नेता भण्डारीले भने,‘नेपाली शब्दकोशबाट ‘ॐ’ हटाइँदैछ । आजकै बैठकबाट एउटा निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले यो कार्य तुरन्त बन्द गरोस् ।’

उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको ‘एजेन्डा’ पनि राख्न मागसमेत गरेका छन् । नेता भण्डारीले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *