प्रधानमन्त्री प्रचण्डको अवहेलना मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ ।

प्रचण्डविरुद्धको अवहेलना मुद्दा आइतबार सात वर्षपछि सुनुवाइ हुन लागेको हो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए । प्रचण्डविरुद्धको मुद्दा हालसम्म २१ पटक पेसीमा चढेको थियो भने १९ पटक हेर्न नभ्याइनेमा परेको थियो ।

प्रधानमन्त्री प्रचण्ड भने हाल चीन भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *