महान्यायाधिवक्ता दीनमणि पोखरेल सर्वोच्च अदालतको दौडमा

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेल सर्वोच्च अदालतको दौडमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले जसरी भए पनि पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउने अभियानमा छन् । सोही कारण विदेश भ्रमणकै बेला प्रचण्डले उतैबाट प्रधानन्यायाधीश विश्वम्भर श्रष्ठलाई फोन गरेर सर्वोच्चको न्यायाधीशमा पोखरेलको नाम टिपाएका थिए ।

माओवादी कोटामा पहिले सर्वोच्चको न्यायाधीशमा पदम वैदिकलाई लैजाने प्रयास थियो, तर न्यायपरिषद् सदस्य हुँदा विभिन्न काण्डमा मुछिएपछि उनको नाम काटेर पोखरेललाई बनाउने प्रयास भएको हो । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठहरू भने दिनमणिको विपक्षमा छन् । श्रेष्ठले कुनै पनि हालतमा पोखरेललाई सर्वोच्च जान नदिने लबिङ थालेका छन् ।

पोखरेल वरिष्ठ अधिवक्ता रामनाथ मैनालीका ज्वाइँ हुन् । रामनाथकै कारण उनलाई प्रचण्डले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । दोहोरो राहदानी कसुरमा रविलाई उन्मुक्ति दिएदेखि पोखरेल विवादमा तानिएका छन् ।

कांग्रेसले भने कानुन व्यवसायी विजय मिश्रलाई सर्वोच्चमा लाने सम्भावना छ । कांग्रेसबाट सुनिल पोखरेल पहिले चर्चामा थिए । तर पछिल्लो समय पोखरेल कांग्रेसबाट टाढिँदै रास्वपा कित्तामा पुगेपछि उनको नाम काटिएको बताइन्छ । पोखरेल र मिश्र दुवै नेपाल बार एसोसियसनका पूर्वमहासचिव हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *