लाइभ गर्दा बैठकमा छलफल भएका विषय बाहिर गयो : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा उनले लाइभ गर्दा बैठकमा उठेका कुराहरू बाहिर गएकाे बताएका हुन् ।
उनले भने,‘यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा राम्रो होइन । यो बैठक त रावणको नाभिमा भएको अमृत जस्तै हो ।’
उनले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताए । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरू यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गरे ।