साहारा साकोसमा २७.५६ प्रतिशत तरलता


काठमाडौं । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा तरलता २७.५६ प्रतिशत रहेको छ। संस्थाको चालु आर्थिक बर्षको भदौ मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । भदौ मसान्तसम्म संस्थाको सेयर पुँजी एक अर्ब ६५ करोड ५३ लाख ४० हजार रहेको छ भने कुल बचत ११ अर्ब २८ करोड ४५ लाख ९४ हजार रुपैंया रहेको छ । संस्थाको जगेडा कोषमा एक अर्ब २३ करोड ५७ लाख ५३ हजार रुपैंया रहेको छ ।

संस्थाको विभिन्न कोषहरुको रकम ४४ करोड ९६ लाख २४ हजार रुपैंया रहेको छ । कुल संस्थागत पुँजी भने ८.३४ प्रतिशत अर्थात् एक् अर्ब २७ करोड २६ लाख ३८ हजार रहेको छ । संस्थाले १० अर्ब ९० करोड २३ लाख ८८ हजार ऋण लगानी गरेको छ । तीन अर्ब ११ करोड २ लाख ७७ हजार रुपैंया तरलता रकम रहेको छ भने कुल सम्पती १५ अर्ब २४ करोड २७ लाख ८६ हजार भन्दा बढी रहेको छ । संस्थामा एक लाख ५७ हजार ९१८ जना सदस्य आवद्ध छन् भने ७४ हजार ६१ जना कुल ऋणी सदस्य रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *