देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन-अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग नेकपा एमाले’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । जरामा रोग लागेको छ भने पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताए । उनले भने,‘अहिलेको अवस्थामा सामान्य हिसाबले हुनेवाला छैन, सिटामोल खाएर यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हट्ने अवस्था छैन, यसको खास उपचार आवश्यक छ । जरामा रोग लागेको छ, पातमा औषधी राखेर केही हुँदैन । अहिलेको अवस्था त्यहीँनिर पुगेको छ ।’

अध्यक्ष ओलीले अर्थतन्त्र ध्वस्त भएको अवस्थामा सरकार गम्भीर नभएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *