नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकमा समाजवादी जागरण अभियान–२०८० सञ्चालनको विषयमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत महिना बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले ‘मुलुकका रूपान्तरणकारी एजेण्डारमुद्दाहरू राष्ट्रलाई सुनाउने’ उद्देश्यले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जागरण अभियान यहि असोज १४ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *