सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलन

काठमाडौं । सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा भेला भएका डाक्टरहरुलाई बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा डाक्टर–प्रहरीबीच ठेलमठेल भएको छ । विभिन्न ठाउँमा कार्यरत चिकित्सकहरुमाथि लगातार आक्रमण भइरहेको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उपचारका क्रममा डाक्टरहरु कुटिनु दुःखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूको अडान छ ।

पोखराको मणिपाल अस्पताल, हेटौंडा, लमजुङलगायतका स्थानमा सहकर्मीमाथि हातपात भएपछि डाक्टर आन्दोलित भएका छन् । सो क्रममा उनीहरुले गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *