श्रीलंकाको विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । श्रीलंकाले आईसीसी विश्वकपका लागि खेलाडीको घोषणा गरेको छ । श्रीलंकाले मंगलबार दासुन शानाकाको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो । टिमको उपकप्तान भने कुसल मेन्डिसलाई बनाइएको छ ।

तर, विश्वकपमा श्रीलंकाका लागि उनका स्टार स्पिनर वानिन्दु हसरंगाको अनुपस्थिति ठुलो झट्काको रुपमा हेरिएको छ । हसरङ्गा चोटका कारण आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ बाट बाहिरिएका छन् । उनी गत महिनाको लङ्कन प्रिमियर लिगको प्लेअफको खेलको क्रममा घाइते भएपछि हालै समपन्न एशिया कप समेत गुमाएका थिए ।

श्रीलंकाको टोलीः दासुन शानाका (कप्तान), कुसल मेन्डिस (उपकप्तान), कुसल परेरा, पथुम निसान्का, दिमुथ करुणारत्ने, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, दुशन हेमन्था, महीश थिकक्षना, दुनिथ वेलालगे, कसुन राजिथा, मथीसा पथीराना, लाहिरु कुमारा र दिलशान मदुशंका ।

त्यस्तै टिमसँगै जाने रिजर्भ खेलाडीमा चमिका करुणारत्ने रहेका छन् । श्रीलंकाले सेप्टेम्बर २९ मा बंगलादेश र २ अक्टोबरमा अफगानिस्तानसँग विश्वकप अघि दुई अभ्यास खेल खेल्ने तालिका छ भने विश्वकपमा पहिलो खेल ७ अक्टोबरमा दक्षिण अफ्रिकासँग दिल्लीको अरुण जेटली स्टेडियममा खेल्ने तालिका रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *