आज पनि राहत शिक्षकहरु आन्दोलनमा – सरकारले आफ्ना माग सम्बोधन गरेन
काठमाडौं । शिक्षक महासंघ नेपालले सबै शिक्षकलाई आन्दोलनमा ल्याएर राहत शिक्षकको माग पुरा नगरि पन्छिएको छ । जसको कारण आफ्ना मागहरु संम्बोधका लागि राहत शिक्षकह्ररु काठमाडौंमा आन्दोलनरत छन । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
सरकार र शिक्षक महासंघबीच भएका ७ बुँदे सहमति भएपनि राहत शिक्षकका बारेमा सरकारले केही नगरेको बताउँदै उनीहरुको माग सम्बोधन नभएसम्मका लागि काठमडौंमा नै आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । राहत शिक्षकहरुको प्रर्दशनका कारण माईतीघरदेखी नयाँ बानेश्वसरसम्मको सवारी आगमनमा समेत बाधा पुगेको छ ।