कामना सेवा र एनएस यूनिसेक्स सलोनबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र एनएस यूनिसेक्स सलोनबीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका ०७ देवदहस्थित एनएस यूनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।