महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटलतथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्तगर्न सकिने छुट निम्न लिखित छन् ः
सुमेरु हस्पिटलमा ओपिटी १० प्रतिशत फार्मेसीमा ५ प्रतिशत,एशियन बुद्ध होटल सिद्घार्थनगर–६, भैरहवामा फुडमा १० प्रतिशत र स्पामा २० प्रतिशत,मल्ल फेन्सी आँबुखैरेनी–३, तँनहुमा फेन्सीमा १० प्रतिशत,रिसु ब्यूटी पार्लर हेटौंडा–४, मकवानपुरमा १० प्रतिशत र ब्युटिफुल कलेक्सन बाँसबारी, काठमाडौंमा कपडा सामानमा १० प्रतिशत ब्याग र जुत्तामा ५ प्रतिशत छुट रहेको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथ साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।