राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्ताक्षेप , शिक्षक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबिच केही बेर धकेलाधकेल भएको छ । बुधबार माइतीघर मण्डलाबाट बानेशवरतर्फ जाने क्रममा प्रदर्शनमा रहेका राहत शिक्षकहरु र प्रहरीबीच केहिबेर धकेलाधकेल भएको हो ।

आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार सिटी बजाएर आन्दोलन गरेका थिए । उनीहरुले काठमाडौंको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका थिए ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले सत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *