दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ

काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् । पक्राउ परेकाहरु दोलखाको बिगु गाउँपालिका १ लामाबगर निवासी रहेको स्रोतले बतायो । यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनायो । उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *