गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय कीर्तिपुरमा
काठमाडौं । कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन गरेको छ । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । आफ्नो शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै यस विकास बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा १२२औं शाखा कार्यालय सञ्चालन गरेको छ ।
काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ । हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।