सूर्यज्योति लाइफको कर्पोरेट मिट सम्पन्न


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको व्यक्तित्व विकासलाई लक्षित गर्दै कर्पोरेट मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । दुुई दिनको कर्पोरेट मिटको पहिलो दिनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ बारे जानकारी गराएका थिए । उनले सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली ,ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धि मार्ग निर्देश दिएका थिए । कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बि के रमण नेपालीले सम्पुर्ण सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुदै आइरहेको बताउदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको बताउँदै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ् परिमार्जित गर्दै लैजाने जानकारी दिएका थिए । कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व बिकाश र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिदै जाने बताएका थिए । उनले नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *