ईक्यानले विद्यार्थीलाई छात्रवृत्ति दिने


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । छात्रवृत्तिका लागि इक्यानले सफ्टएड ग्रुप र सनवे कलेज काठमाडौंसँग सम्झौता गरेको छ । क्यानको ‘स्टडी इन नेपाल’ अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तर्गत सनवे कलेजसँग ५० जना नेपाली विद्यार्थीहरुका छात्रवृत्ति सम्झौता भएको हो । सम्झौतामा क्यानका अध्यक्ष शेषराज भट्टाई र सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले हस्ताक्षर गरेका थिए । छात्रवृत्ति सूचना प्रविधि विषयमा स्नातक तहको अध्ययनका लागि २०२३ नोभेम्बर सेसन र २०२४ को मार्च सेसनका लागि उपलब्ध हुने जनाइएको छ । सम्झौताअनुसार कलेजले स्नातक स्तरको विद्यार्थीहरुलाई बिएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । जसमा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इनोभेसन र एकवर्षे डेडिकेट प्रोफेसनल प्लेसमेन्ट पनि रहेको जनाइएको छ ।छात्रवृत्ति लिएर ती विषय अध्ययन गर्न चाहने विद्यार्थीमध्ये २ जनाले पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति प्राप्त गर्नसक्ने सम्झौतामा उल्लेख गरिएको छ । जसमा, आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पुर्ण छात्रवृत्ति पाउनका लागि कक्षा ११,१२ मा मा ३.६० जिपिए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जिपिए ल्याएको हुनु पर्नेछ भने ३० प्रतिशत छात्रवृत्ति पाउन ३ जिपिए ल्याउनु पर्ने एवम आइएलटिएसमा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्ने छ । छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन scholarship@ecan.org.np मा गई भर्न सक्नेछन् भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म भर्न सक्ने इक्यानका अध्यक्ष शेषराज भट्टराइले बताए ।

सम्झौता समारोहमा बोल्दै इक्यानका अध्यक्ष भट्टराइले स्टडी इन जस्तो अभियान ढिलो वा चाँडो शुरु गर्ने अवस्था नजिकिएको बताएका थिए । उनले नेपालमा हाइड्रो र आइटीको राम्रो सम्भावना भएको बताउँदै आफूहरुले कर्पोरेट रेस्पोन्सबिलिटी अन्तर्गत सो काम गर्न चाहेको बताएका थिए । त्यस्तै, सम्झौता समारोहमा बोल्दै सफटएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले इक्यानले शुरुवात गरेको स्टडी इन नेपाल कार्यक्रम राम्रो भएको भन्दै नेपाल वातावरणको हिसाबले पनि एजुकेसन हब बन्न सक्ने बताएका थिए । इक्यानले २७ वर्षदेखि उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । सोही अन्तर्गत इक्यानले यो वर्षबाट ‘स्टडी इन नेपाल’ अभियान शुरु गरेर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । इक्यानका अध्यक्ष शेषराज भट्टराइले छात्रवृत्तिमा उत्कृष्ट, महिला, पिछडिएको छेत्रका र सिमान्तकृत समुदायका विद्यार्थीलाई प्राथमिकता दिएर प्रदान गरिने समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *