जनयुद्ध दिवसको बिदा रद्द गर्न ओलीको आग्रह


काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसका अवसरमा फागुन १ मा दिने गरिएको बिदा रद्द गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले आफूहरूको सहमतिबिनै प्रधानमन्त्री दाहालले गत वर्ष पनि जनयुद्ध दिवसमा बिदा दिएको बताए।

अबको मन्त्रिपरिषद बैठकबाट जनयुद्ध दिवसमा दिइएको बिदा रद्द गर्नुहोस्, ओलीले भने, ‘रद्द गर्नुहुन्न भने हामीले यसका विरूद्ध कदम चाल्नुपर्ने हुन्छ। आफूहरूले शान्ति प्रक्रियामा सहमति जनाएको तर हिंसा सुरू भएको दिनलाई जयगान गर्न नसकिने ओलीले बताए। प्रधानमन्त्री दाहालले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको ओलीको आरोप थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *