बझाङमा लगातार भूकम्प


काठमाडौं । बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । त्यसयता १६ घण्टाको बीचमा ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा परकम्प गइसकेको भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए ।

३ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा धेरै परकम्प गइसकेको छ । ४.३ म्याग्निच्युडको परकम्प बिहान ५ः४३ बजे चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको छ । ठूलो भूकम्प गइसकेपछि ४.५ म्याग्निच्युडको परकम्प जानु स्वभाविक रहेको भूकम्पविद् तिमिल्सिना बताउँछन् । दुई,तीन दिनसम्म परकम्प जानु सामान्य हो । त्यसपछि के हुन्छ अध्ययन गरेपछि मात्रै ट्रेन्ड एनलाइसिस् गर्न सकिन्छ, उनी भन्छन्, ६.३ म्याग्निच्युडको भूकम्प गइसकेपछि त्योभन्दा ठूलो अर्को भूकम्प फेरि जान सक्छ अथवा के हुन्छ अहिले नै भन्न सकिन्न ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *