भृकुटीमण्डपमा भोलीदेखि ‘जीएआई फूड, बेभरेज एण्ड हस्पिटालिटी’ सञ्चालन हुने


काठमाडौं । भृकुटीमण्डपमा भोलि १८ असोजदेखि ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ सञ्चालन हुने भएको छ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित यस हस्पिटालिटी नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो भएको आयोजकले जनाएको छ । जीएआई एफबीएच २०२३ ले लगभग ३० हजार जना आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये जीएआई एफबीएच २०२३ ले लगभग १५ हजार व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ । एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब , बार, पब, पार्टी,प्यालेस , क्यान्टिन, सुपर मार्केट, ग्रोसरी मार्ट, किराना – पासल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका सञ्चालक तथा प्रबन्धकहरू, केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता रहने छ । यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् भने गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले प्रदर्शकहरुको सङ्ख्यामा पनि वृद्धि हुने आयोजकको भनाइ छ । मेलामा ५ हजार उत्पादन सेवाहरू, २ सय कम्पनीहरू रहनेछन् भने १ हजार ८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन् । मेलामा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदिका बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुने आयोजकको दाबी छ । साथै यो कार्यक्रम खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकको विश्वास छ । आफ्नो व्यापार व्यवसाय लाई नयाँ उचाइमा पुर्याउन, जीएआई एफबीएच २०२३ प्रभावकारी सञ्चार र विज्ञापन प्लेटफर्म साबित हुने आयोजकको भनाइ छ । यो एक्सपो २१ असोजसम्म सञ्चालन हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *