इजरायलमाथिको आक्रमण एनआरएनएद्धारा भर्त्सना
काठमाडौं । इजरायलमा शनिबार भएको आतंकवादी आक्रमणको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भत्सर्ना गरेको छ । विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ इजरायलका जनता र सरकारका साथै यस निर्मम आक्रमण प्रभावित पीडित एवं परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ, विज्ञप्तिमा भनिएको छ ।
आक्रमणमा परी इजरालयमा रहेका ९ नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैरआवासीय नेपाली संघले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली संघसंस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको विज्ञप्तिमा जनाएको छ ।