एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारी निर्विरोध


काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । पराजुलीलाई सुजाता शाक्य लगायतको जोडबलमा फेरि पनि अध्यक्षमा अघि सारिएको थियो ।

पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि रिजालले उम्मेदवारी फिर्ता लिएकाले पराजुली सर्वसम्मत भएका हुन् । केही सदस्यहरुमा भने निर्वाचन भएको छ । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *