प्रसाद २ को विवादमा ओम अग्रवाल पक्राउ

काठमाण्डौं । फिल्म प्रसाद २ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन्। डिजिटल राइटको विवादमा प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई शुक्रबार सिंहदरबार वृत्तले पक्राउ गरी अनुसन्धानका लागि बौद्ध प्रहरीलाई बुझाएको थियो। प्रहरी वृत्त बौद्धले अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै छ। ओएसआरले प्रसाद २ को डिजिटल राइट समेत लिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *