बिआरआईमा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डौं । काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) मा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच जीत ,जीतको सम्बन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्द्धन गर्न सकिने ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यो सम्भावनालाई अवसरमा बदल्न आह्वान गरे। ‘विगतमा म आफैं सरकारको नेतृत्वमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ ।‘

नेपाल चीनको द्रूततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआई) बाट पूरा लाभान्वित हुन चाहन्छ। नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाटमात्रै आवश्यकता पूरा हुन सक्ने परिस्थिति नरहेको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले १० वर्षमा बिआरआई मार्फतमात्र एक हजार अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले उल्लेख्य लगानी भित्र्याउन नसकेको भन्दै अब छिट्टै कार्ययोजना बनाएर काम थाल्नुपर्ने बताए। उनले चीन भ्रमणका बेला भएका १३ बुँदे समझदारी र सम्झौताले राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *