हिमालयन इन्टरनेसनल एक्स्पोको तयारी पूरा


काठमाडौं । ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८०’ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा अन्तर्राष्ट्रिय स्तरको ‘दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८०’ असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन हुँदै छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाएर आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताए ।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *