अस्ट्रेलियाविरुद्ध क्वेंटन डिककको शतक

काठमाडौँ । दक्षिण अफ्रिकाका क्वेंटन डिककले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका छन् ।

जारी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको दक्षिण अफ्रिकाका लागि डिककले ९१ बलमा शतक प्रहार गरेका हुन् ।

यस विश्वकपको उनको यो लगातार दोस्रो शतक हो । यसअघि श्रीलंकाविरुद्ध पनि १०० रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रिय खेलमा डिककको यो १९औं शतक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *