नेपाली विद्यार्थीलाई लिन गएको विमान इजरायल पुग्यो , एयरपोर्टमा भेला भए २५० नेपाली

काठमाडौं । इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन् । नेपाली विद्यार्थीलाई लिन गएको विमान इजरायल नेपाली समयअनुसार करिब २ बजे अवतरण गरेको हो ।

हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो । काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडिसकेको थियो ।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आजै राति ९ बजे आउनेछ । जहाज त्यहाँ दुई घण्टा बस्नेछ । त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ अहिले इजरायलको स्थानीय समय ११ बजेर ४६ भएको छ । त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ ।

हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *