फिफा विश्वकप छनोटमा आज नेपाल र लाओस भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल लाओससँग भिड्ने भएको छ ।

दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुने खेलमा लाओससँग प्रतिस्पर्धा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो । फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा रहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन्।

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो । जसमा नेपालले लाओसलाई समूह चरणमा २–० ले हराएको थियो भने फाइनलमा २–१ को जित हासिल गरेको थियो । एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। यसपछि अर्को खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ । दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *