रिगललाई आममाफीविरुद्ध भारती मानन्धरले हालेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । रिगल अर्थात् योगराज ढकाललाई आममाफीविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

भारती शेर्पा मानन्धरले हालेको यस प्रकारको मुद्दा पहिले पनि इजलासमा हेरेको भन्दै हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाइ कात्तिक १४ मा हुने भएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको पूर्ण इजलासमा सुनुवाइ भएको हो । यसअघि न्यायाधीश मनोज शर्माको इजलासले रिगललाई आममाफी दिने सरकारी निर्णयको सम्पूर्ण कागजपत्र मगाउने र महान्यायाधीवक्ता दीनमणि पोखरेललाई जवाफ दिन आदेश दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *