सिद्धार्थ बैंकको लाभांश घोषणा
काठमाण्डौं । सिद्धार्थ बैंकको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । बैंकले कुल ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।