पाँच तारा साकोसमा पाठकको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन
काठमाण्डौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभाले अध्यक्षमा भोलानाथ पाठकलाई आगामी ४ बर्षे कार्यकालको लागि पुनः निर्विरोध चयन गरेको छ । त्यसैगरी संस्थाको प्रथम उपाध्यक्षमा विजया मल्ल, द्धितिय उपाध्यक्षमा विन्दा कुँवर, सचिवमा लोचनहरि प्रसाई र कोषाध्यक्षमा कुमार विमली चयन भएका छन् । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा गोपाल तामाङ्ग,अवधेश कुमार पाण्डे ,शुसिल प्रसाई र अन्जु कार्की चयन भएका हुन् । साधारणसभाले लेखा सुपरिवेक्षण समितिमा दिपक रिजाल,खेम पोखरेल र निर्मला थापालाई चयन गरेको छ ।
सभाले ऋण उप समिति र शिक्षा उप समिति समेत चयन गरेको छ । सञ्चालक समितिबाट संयोजक रहने गरी ऋण उप समित र शिक्षा उप समिति चयन भएको छ । ती समितिको सदस्यहरुमा क्रमशः मनिस शिवाकोटी , उर्मिला कँडेल, नवराज प्रसाई र शिव कोइराला रहेका छन् । नव निर्वाचित अध्यक्ष पाठकले संस्थालाई सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरी समुदायको उत्कृष्ट र दिगो संस्था बनाउने प्रतिवद्धता जनाए । सहकारी माफर्त संकलित पुँजीलाई उद्यमशीलता र आय आर्जनको क्षेत्रमा लगानी गरी सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा सघाउने उनले बताए ।