एमाले आठ सिटको पछि लाग्यो ः शर्मा


काठमाडौं । काठमाडौंमा नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । उनले दलहरूबीच जति नै मतभेद र तिक्तता भए पनि मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । नयाँ दलहरूको आगमनसँगै पुरानाको योगदानलाई पनि भुल्न नहुने उनको भनाइ छ ।

नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नौलो बनाएर जानुपर्ने धारणा उनले व्यक्त गरे । मुलुकका निम्ति अझै धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे । शर्माले ०६२–६३ को आन्दोलनपछि एमाले नौ र कांग्रेस आठपटक सरकारमा गएको बताए । देशमा भएका राम्रा र नराम्रा कामको सबैले जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेस ३२ सिटे माओवादीको पछि हिँडेको’ टिप्पणी गरेको स्मरण गर्दै उनले अहिले कोसी प्रदेशमा एमाले आठ सिटको पछि लागेको बताए । महामन्त्री शर्माले झापामा एमाले उदार भएका कारण आफू सांसद बन्न सफल भएको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *