केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हो ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । शनिबार चितवनको भरतपुर विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की सत्तारुढ गठबन्धनको मुख्यमन्त्री भएको बताएका छन् । उनले कोसीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने पनि स्पष्ट पारे । आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग आफ्नो छलफल भएको र गठबन्धन बलियो बनाउने कुरामा सहमति बनेको प्रचण्डले जानकारी दिए ।
अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो । त्यसैले यो समस्याको सेफल्यान्डिङ गरेका छौँ । कोसी प्रदेशमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसका नेता कार्की कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर जुटाएर मुख्यमन्त्री बनेका छन् ।