सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।