२ वर्ष लाभांश रोक्दा सेयर मूल्य ६७ प्रतिशतले बढ्यो


अर्थतन्त्रमा सम्पत्तिको बजार मूल्य करिब (क्रयास) जस्तै भएको, लगानीकर्ताहरुमा आत्मविश्वासको कमी भई समग्र वाणिज्य बैंकहरुको कर्जा असुलीमा गम्भीर प्रभाव परेको अहिलेको यस्तो चुनौतिपूर्ण अवस्थाको बाबजुद पनि मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९।८० मा उत्साहजनक उपलब्धी हासिल गर्न सफल भएको छ । बैंकले आफ्नो व्यवसायमा गुणात्मक वृद्धि हासिल गरी मुनाफामा वृद्धि गर्नको लागि तय गरेको पञ्चवर्षीय व्यवसायिक योजना अठोट २२ ,२७ अन्तर्गतको पहिलो आर्थिक वर्ष २०७९।८० मा बैंकले हरेक वित्तीय सूचकहरुमा उत्साहजनक नतिजा ल्याउन सफल भएको छ । गत आर्थिक वर्ष २०७९।८० मा कुल कर्जा रकम रु. २७१.६ अर्ब, कुल निक्षेप रकम रु. ३१४.३१ अर्ब, लगानी रु। ३५.५३ अर्ब र कुल सम्पत्तिको आकार रु. ३६४.०९ अर्ब पुर्‍याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले कुल संचालन आम्दानी रु. १५.०३ अर्ब, संचालन मुनाफा रु। ६.५४ अर्ब र खुद मुनाफा रु. ४.४४ अर्ब आर्जन गर्न सफल भएको छ । समग्रमा, गत वर्ष हामी बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचिमा कायम रहन सफल भएका छौं । समग्रतामा बैंकले विगत ५ आर्थिक वर्षहरुमा धेरै उपलब्धि हासिल गरेको छ । बैंकको कुल निक्षेप आर्थिक वर्ष ०७४.०७५ को अन्त्यमा कायम रहेको रु. १५१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९।०८० सम्म आईपुग्दा रु. ३१४ अर्ब पुगेको छ । बैंकको कुल कर्जा आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको रु. १२१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९।०८० सम्म आईपुग्दा रु. २७२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४।०७५ को तुलनामा बैंकको कुल कर्जा २.२५ गुणा पुगेको छ । बैंकको बचत निक्षेप तर्फ आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको रु. ४८ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९।०८० सम्म आईपुग्दा रु. ८७ अर्ब पुगेको छ । बैंकको ब्याज नपर्ने निक्षेपतर्फ आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको रु. १२ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९।०८० सम्म आईपुग्दा रु. ३६ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४।०७५ को तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप ३.१३ गुणा पुगेको छ । बैंकको खुद मुनाफा तर्फ आर्थिक वर्ष ०७४।०७५ मा रु. १.३३ अर्ब आर्जन गरेको मुनाफा आर्थिक वर्ष ०७९।८० सम्म आईपुग्दा रु. ४.४४ अर्ब पुगी बैंक साविक १७ औं स्थानबाट चौंथो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४।०७५ को तुलनामा बैंकको खुद मुनाफा ३.३३ गुणा बढेको छ । बैंकको प्रति शेयर आम्दानी आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको रु. १६.६२ बाट वृद्धि भई आर्थिक वर्ष ०७९।८० सम्म आईपुग्दा रु. ३८.४४ पुगी बैंक साविक १७ औं स्थानबाट पहिलो स्थानमा पुग्न सफल भएको छ । बैंकको स्वपूँजीमा प्रतिफलतर्फ आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको १२.०९ प्रतिशतबाट वृद्धि भई आर्थिक वर्ष ०७९।८० सम्म आईपुग्दा १६.३९ प्रतिशत पुगी बैंक साविक १५औं स्थानबाट दोस्रो स्थानमा पुग्न सफल भएको छ । बैंकको ग्राहक संख्या तर्फ आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको करिब १३.३३ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९।८० सम्म आईपुग्दा ३८.५५ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४।०७५ को तुलनामा बैंकको ग्राहक संख्या २.८९ गुणा पुगेको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्यातर्फ आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा कायम रहेको करिब ३.४१ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९।८० सम्म आईपुग्दा १८.७८ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४.०७५ को तुलनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५.५१ गुणा पुगेको छ ।

बैंकको बजार पूँजीकरण आर्थिक वर्ष ०७४।०७५ को अन्त्यमा करिब रु २५.३७ अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९.८० सम्म आईपुग्दा करिब रु। ९१.७९ अर्ब पूँजी बजार मुल्य प्रतिशेयरको हिसाबले बैंक पहिलो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४।०७५ को तुलनामा बैंकको बजार पूँजीकरण ३.६१ गुणा पुगेको छ । प्राविधिक कारणले विगत दुई वर्षदेखि हामीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रदान गर्न नसकेको भएतापनि शेयरधनीहरुको बजार पूँजीकरण आर्थिक वर्ष २०७६।०७७ को तुलनामा आर्थिक वर्ष २०७९।०८० मा आइपुग्दा ७०.८२ प्रतिशतले सेयर होल्डरको सम्पत्ति बढेको छ । जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको ९।७२ प्रतिशत भन्दा मात्र थियो । २०७७।०७८ को श्रावण महिनामा रु। १ लाख रुपैया बराबर यस बैंकको साधारण शेयरमा लगानी गरेको भए गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आइपुग्दा उक्त लगानी ६७ प्रतिशतले वृद्धि भई रु. १ लाख ६७ हजार पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुमा सोही अवधिमा सोही रकमको लगानीबाट प्राप्त भएको प्रतिफलको हिसावले सबैभन्दा बढी रहेको छ । प्रतिसेयर बजार मूल्य, प्रतिसेयर आम्दानी, प्रतिसेयर बुक भ्यालुको हिसावले बैंक पहिलो स्थानमा रहेको यस बैंकले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ३०।५२६३ प्रतिशत लाभांश (२९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश) वितरण गर्न सफल भएको छ ।
(एनआईसी एशिया बैंकमा प्रमुख कार्यकार अधिकृत न्यौपानेले २६ औं वार्षिक साधारणसभामा व्यक्त विचारको सारांश)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *