अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको छ ः अर्थमन्त्री महत


काठमाडौँ । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । अर्थमन्त्री महतले अहिले समग्रमा देशमा अनेकन समस्या रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे। उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको समेत बताए । उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए । अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ ।

त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ, उनले भने । अर्थमन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *