खाद्यको खसीबोका र च्यांग्रा काठमाडौं आइपुगे, भोलिदेखि बिक्री


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका निम्ति खरिद गरेका केही खसीबोका काठमाडौं आइपुगेका छन् । खरिद गरिएका केही खसीबोका आउन बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् । सोमबार खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आउने र मंगलबारदेखि बिक्री गरिने उनले जानकारी दिइन् । दसैँका लागि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालयमा केही आएका छन् । बिक्री भने भोलि (मंगलबार)बाट गरिनेछ । खरिद गरिएका सबै खसीबोका र च्यांग्रा अझै आइपुगेको अवस्था छैन । भोलि पनि आउँछन् । उताबाट आउने क्रम जारी रहन्छ । बिक्री पनि भोलिबाट नै हुन्छ ।

खसीबोका र च्यांग्रा कतिमा बेच्ने भनेर मूल्य निर्धारण गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् । बिक्री मूल्य आज बेलुकासम्म निर्धारण गरिने उनको भनाइ छ । बिक्री मूल्य निर्धारण भएको छैन । सम्भवतः आज बेलुकासम्म मूल्य निर्धारण हुनेछ, सुवेदीले भनिन्, मूल्य निर्धारण भएपछि भोलिबाट खसीबोका बिक्री गर्ने तयारी भइरहेको छ । कम्पनीले सहुलियत मूल्यमा खसीबोका र च्यांग्रा बिक्री गर्न लागेको हो । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको छ । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ । यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *