कोका–कोलाको ‘सम्बन्ध उत्सव स्वादसँग’ अफर
काठमाडौं । कोका–कोला नेपालले दसैँ र तिहारका लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ अफर ल्याएको छ । अफरमा दसैँ र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिने छ । दुईवटा लेबलमा रहेका कलाकृतिले दसैँमा टीका लगाउने, तिहारमा दियो बाल्ने र देउसी भैलो खेले,मनाउने जस्ता गतिविधिहरू समेटेको छ । उक्त लेबलहरू कोका–कोला एक लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरूमा उपलब्ध हुनेछन् ।
यसअफरले दसैँ र तिहारको भावनासँग पूर्णरूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू कोकाकोलाले जनाएको छ । ‘‘कोका–कोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्दछौँ । कोका–कोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौँ । हामी आशा गर्दछौँ की ‘सम्बन्ध उत्सव स्वादसँग’ अभियानले यो दसैँ र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ, कोका–कोला बेभरेज नेपालका म्यानेजिङ डाइरेक्टर, जी. दीपक सेन्थिल नाथले बताए ।