ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेको छ । बैंकका अनुसार रेमिट्यान्स खातामा भने ११ प्रतिशत ब्याजदर पुर्याएको छ । बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ ।