नेपालमा जिप मेरिडियनको डेलिभरी
काठमाडौं । नेपालका लागि अमेरिकी एसयुभी ब्रान्ड जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी जिप मेरिडियनका डेलिभरी सुरु गरेको छ । जिपले काठमाडौं नक्सालस्थित सोरुममा आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीन वटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो । जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्ड जिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेनसिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुनेछ जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ । यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ ।
यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ । ‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ,’ एमएडब्लु लाइफका सिइओ जोजु जोस थट्टिलले भने, ‘पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भए पनि जिपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं ।
देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भए पनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं । जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ । मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।