गाला जोडाउने कला एमालेसँग सिकेको हो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् ।

बुधबार केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सभागी हुँदै उनले कांग्रेसका ८ भाइ सांसदहरुले मुख्यमन्त्री बन्न झगडा गरेको समेत बताए । मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै युद्ध जितेर घर आएकाले गला मिलाएको उनले टिप्पणी गरे । ‘युद्धमा गएका साथीहरू जितेर माला लाएर फर्किसक्नु भो’ उनले भने, ‘त्यसैले हामीले गलामात्र नभएर गाला पनि मिलाइ सक्यौं ।’

नेता थापाले गाला जोडाउने कला एमालेसँग सिकेको बताए । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेकाले अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *